शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

कुवेतबाट नेपाल फर्किएकी एक महिलामा कोरोना संक्रमणको पुष्टि

कुवेतबाट नेपाल फर्किएकी एक महिलामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं : दुई दिनअघि कुवेतबाट नेपाल फर्किएका महिलामध्ये एक जनालाई कोरोना पुष्टि भएको छ ।

संक्रमण आशंकामा यसअघि नै अस्पताल भर्ना भएकी उनको स्वाब परीक्षण गर्दा शनिबार कोरोना पुष्टि भएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिनुभयो ।

‘अहिले उनलाई आईसीयूमा राखिएको छ,’ आइतबार राति डा. राजभण्डारीले बताउनु भयो ।  उहाँका अनुसार अहिले टेकु अस्पतालमा ती महिलासहित कोरोनाका ७ बिरामी छन् ।

‘अवस्था अलि गम्भीर भएका ती महिला र अर्का एक पुरुष आईसीयूमा छन्,’ डा. राजभण्डारीले भने, ‘अन्यलाई आइसोलेसनमा राखिएको छ ।’  यसअघिका संक्रमितमा कोरोनाका लक्षण देखिएका थिएनन् भने अहिलेका सबै बिरामीमा लक्षण देखिएका छन् ।

‘हामीले अब लक्षण भएकालाई मात्र अस्पतालमा राख्ने् गरेका छौं,’ उहाँले भन्नु भयो, ‘त्यसमा पनि दुई जनाको अवस्था अझ जटिल देखिएकाले आईसीयूमा राखेका हौं ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend