सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

भोलिदेखि निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू हुने

भोलिदेखि निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू हुने

काठमाडौं । लकडाउन केही खुकुलो बनाउने सरकारको निर्णयसंगै असार १ गते अर्थात सोमबारदेखि चारपांग्रे निजी सवारी साधन मोटरसाइकल र स्कुटरमा जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालका अनुसार जोर बिजोर प्रणाली गते अनुसार नै लागु हुनेछ अर्थात एक गते बिजोर, दुई गते जोर तीन गते बिजोर … नम्बरका निजी सवारी साधन मात्र चलाउन पाइने छ ।

सवारी साधन चल्ने र मानिसको आवातजावत बढ्ने भएपछि ट्राफिक प्रहरीले उपत्यकाका मुख्य चोक एवम् भिडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउन, सामाजिक दुरीको पालना गराउन तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउनका लागि प्ले कार्ड सहित ट्राफिक प्रहरी समेत परिचालन गरीने छ।
उपत्यकाका बिभिन्न ८२ स्थानमा परिचालन गरीएका दुई सय भन्दा बढी ट्राफिक प्रहरीहरूले प्ले कार्ड मार्फत “सधैँ मास्क लगाएर यात्रा गर्न,जोर विजोर नियम पालना गर्न, सामाजिक दुरी कायम गर्न,जथाभावी हिडँडुल नगर्न, भिडभाड गरी नबस्न र यात्रा नगर्नका साथै ट्राफिक नियमको पूर्ण पालना गर्न विशेष अनुरोध गर्नेछन् ।”

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend