
भोजपुर, ०१ असार : भोजपुरमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका–३ मा चट्याङ लाग्दा टेम्केमैयुङ गाँउपालिका–१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मामली घर आएकी बालिकालाई आइतबार साँझ भीषण वर्षासँगै परेको चट्याङ लागेको थियो । गम्भीर घाइते भएकी उनको उपपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । कानुनी प्रकृया पूरा गरेर उनको शव परिवारको जिम्मा लगाइने तयारी भैरहेको प्रहरीले बताएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend