आइतबार, चैत्र ३ २०८१

आइतबार, चैत्र ३ २०८१

आज देशभर हावाहुरीसहित भारी वर्षाको सम्भावना

आज देशभर हावाहुरीसहित भारी वर्षाको सम्भावना

आज देशभर भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार नेपालमा आज पूर्वी भूभागबाट मनसुनी वायु र पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार आज दिउँसो सुदुर पश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी  प्रदेशहरूमा पूर्ण बदली  रहनेछ ।

यस्तै, प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यता, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend