मस्को, एएफपी । पेरिसस्थित रूसी दूतावासले टेलिग्राम म्यासेजिङ प्लेटफर्मका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पावेल डुरोभको पक्राउपछि अदालती प्रक्रियालाई छिटो गर्न फ्रान्सेली अधिकारीहरूले ‘सहयोग गर्न इन्कार गरेको’ आरोप लगाएको छ ।
अन्य राष्ट्रियतासमेत भएका रूसी नागरिक डुरोभलाई शनिबार फ्रान्सको पेरिसस्थित पेरिसले बोर्जेट विमानस्थलबाट पक्राउ गरिएको थियो । उनलाई टेलिग्रामसँग सम्बन्धित मुद्दामा आइतबार अदालतमा उपस्थित गराइने अपेक्षा गरिएको भए पनि यस प्रक्रियामा ढिलाइ गरिएको दूतावासले बताएको छ ।
दूताबासद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले तुरुन्तै फ्रान्सेली अधिकारीहरूलाई उहाँको पक्राउ र यो हिरासतको कारण बताउन आग्रह गर्यौं र उहाँको अधिकारको रक्षा गर्न र कन्सुलर पहुँच प्रदान गर्न माग गरेका छौँ ।”
“अहिलेसम्म फ्रान्सेली पक्षले यस प्रश्नमा सहयोग गर्न अस्वीकार गरिरहेको छ,” विज्ञप्तिमा उल्लेख छ । फोब्र्सका अनुसार डुरोभको कूल सम्पत्ति १५ अर्ब ५० करोड डलर रहेको छ । रसियाको सेन्ट पिटर्सबर्गमा जन्मिएका पावेल ३९ वर्षका छन् ।