
धादिङ : धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाका थप ९ जनामा सोमबार कोरोना संक्रमण (कोभिड १९) को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले ९ जना पुरुषमा कोरोना पुष्टि भएको बताए ।
संक्रमितहरु नीलकण्ठ नगरपालिका वडा नं २ का २ जना २८÷२८ वर्षीय पुरुष, वडा नं ५ का २ जना २४÷२४ वर्षीय पुरुष , २९ वर्षीय पुरुष, वडा नं ७ का २८ र ३७ वर्षीय पुरुष, वडा नं १० का २८ वर्षीय पुरुष, वडा नं १४ का ३७ वर्षीय पुरुष रहेका छन् ।
गत जेठ ३० गते स्बाब संकलन गरी पिसिआर परिक्षणका लागि पठाइएको थियो । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, काठमाडौँमा गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ अर्थात कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संगै धादिङमा कोरोना संक्रमितको संख्या ९२ पुगेको छ । संक्रमित मध्ये ५ जना निको भएर घर फर्किएका छन् भने अन्य उपचाररत छन् ।
धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाका ५१ जना, ज्वालामुखी गाउँपालिकाका २७ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका ७ जना, सिद्धलेक गाउँपालिकाका २ जना, धुनीबेसी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिकाका एक÷एक जना कोरोना संक्रमित छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend