सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

‘सिम टीभी’ को फाइबर इन्टरनेटमा सेवाग्राहीको आकर्षण

‘सिम टीभी’ को फाइबर इन्टरनेटमा सेवाग्राहीको आकर्षण

असार १, चितवन । एस्कीना केवल नेटवर्क प्रालि, क्षेत्रपुरले केहीबर्षदेखि सिमटीभीको डिलरसिप लिएर चितवन, मकवानपुर नवलपरासी जिल्लामा सेवा दिईरहेको छ । केवल नेटवर्कको विस्तार र इन्टरनेटको उच्च मागसंँगै विगत केहीसमयदेखि इन्टरनेट सेवा समेत दिन थालेको छ । हाल केवल नेटवर्ककको प्रभावकारीता संँगै गुणस्तरमा बृद्धि गर्न एचडी र एसडी सेवा दिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रबन्धक निर्देशक दिपक अधिकारीका अनुसार देशका तीन जिल्लाका अधिकांश स्थानमा केवल टीभी जडान कार्य विस्तार गरिएको छ भने इन्टरनेटको सेवालाई पनि तीब्र पारिएको छ । ‘सिम टीभीको केवल सेवा देशभरका शहरहरुमा छ , इन्टरनेट सेवालाई पनि तीब्रता दिइएको छ ।’ अधिकारीले भने । लकडाउन शुरुभएयता मात्र कम्पनीले चितवनमा मात्रै ४ हजार भन्दा बढी ग्राहकलाई सेवा दिएको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिए । फाइवर प्रविधिबाट इन्टरनेटको सेवा दिईएकाले यसको गुणस्तरबाट ग्राहकहरुको आकर्षण बढ्दै गएको छ । यससेवाबाट इन्टरनेटसेवामा कुनै प्राविधिक समस्या नभएको र दु्रत गतिमा इन्टरनेट गति भएकोले ग्राहकहरुको संख्यामा उल्लेखनीय बृद्धि भएको उनको भनाई छ । चितवनका कालिका नगरपालिकामा बाहेक चितवनका सबै पालिकामा कम्पनीले इन्टरनेट सेवा दिईरहेको अधिकारीले बताए । ‘इन्टरनेटको माग दिनानुदिन बढिरहेको छ , उनले भने, हामीले चाडैनै अन्य स्थानहरुमा पनि इन्टरनेट सेवा दिन शुरु गर्दैछौ ।’ ग्राहकले एउटै केबलबाट २२० वटा भन्दा बढी च्यानल र इन्टरनेट सेवा दिईरहेको छ । अन्य इन्टरनेट सेवाप्रदायक कम्पनीभन्दा उच्च गुणस्तर र तुलनात्मक रुपमा शुल्क समेत सस्तो भएकोले ग्राहकको सिम टीभी प्रति आकर्षण बढेको हो । सीम टीभीले लकडाउन शुरुभएसंँगै विद्यार्थीहरुलाई लक्षित गर्दै अनलाईन कक्षा समेतलाई निरन्तरता दिदै आएको छ । सीम टीभी ग्राहकले हाल १०७,११५, ११७ नम्बरको च्यानलबाट कक्षा ४ देखि १० सम्मका बिद्यार्थीहरुलाई केवलबाट पठनपाठन गर्दै आएको जानकारी दिएको छ । ग्राहकले सिमटीभीको केवल र इन्टरनेट सेवा लिनको लागि रिचार्ज भौचरको साथै खल्ती अनलाईन पेमेण्टबाट समेत भुक्तानी गर्न सक्नेछन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend