सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

नेपाल प्रहरीका ३६ एसपीको सरुवा, को-कहाँ? विवरणसहित

नेपाल प्रहरीका ३६ एसपीको सरुवा, को-कहाँ? विवरणसहित

प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ।

तीमध्ये १६ जनाले जिल्ला प्रमुखका रुपमा जिम्मेवारी पाएका छन्।

कास्कीमा जीवनकुमार श्रेष्ठको सरुवा भएको छ भने महोत्तरीमा टीकाबहादुर केसीले जिम्मा पाएका छन्।

भक्तपुरमा तारादेवी थापा, कपिलवस्तुमा नवराज अधिकारी, इलाममा नवीनराज राई,  उदयपुरमा भीमबहादुर दाहाल, मोरङमा सन्तोष खड्का, सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट र गोरखामा सुरेन्द्रबहादुर गुरुङले जिम्मेवारी पाएका छन्।

त्यस्तै, पाल्पामा दीपकराज खरेल, पुर्वी नवलपरासीमा दीपक रेग्मी, तनहुँमा अरुण पौडेल, सिरहामा उमाशंकर पंजियार, बाँकेमा ओमबहादुर राणा, धनकुटामा गोविन्द अधिकारी र डोटीमा जनकराज पाण्डेयले जिम्मा पाएका छन्।

हेरौं ग्राफिकमा सरुवाको विवरण को-कहाँ :

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend