सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

चोरीको मोटरसाइकल सहित २ जना पक्राउ

चोरीको मोटरसाइकल सहित २ जना पक्राउ

धादिङ : ईलाका प्रहरी कार्यालय गजुरी (धादिङ) द्वारा सादापोसाकमा खटिएको प्रहरी टोलीले चोरीको मोटरसाइकलसहित दुईजनालाई आइतबार दिउँसो २ बजेको समयमा पक्राउ गरेको हो।प्राप्त विशेष सूचनाका आधारमा गजुरी गाउँपालिका वडा नं. ४ बस्ने आशोक तामाङ र बेनिघाट रोराङ गाउँपालिका वडा नं. १ बालुवा भन्ज्याङ बस्ने सुबास तामाङ पक्राउ परेका हुन्।

काठमाण्डौबाट चोरी गरी ल्याएको बा ६१ प ९५१० नं. को २२० सिसिको पल्सर मोटरसाईकलको नम्बर प्लेट परिवर्तन गरी बा ६१ प ९५१० नं. को नम्बर प्लेट लगाई बिक्री गर्ने उदेश्यले गजुरी चालिसे तर्फ ल्याउदै गर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

ईलाका प्रहरी कार्यालय गजुरी धादिङका सुचना अधिकारी प्रहरी निरीक्षक भोजराज पाण्डेका अनुसार सादा पोसाकमा खटिएको प्रहरी टोलीले गजुरी गाउँपालिका वडा नं. २ चालिसेबाट वाल्चिङ-सुन्दरनागी तर्फजाने कच्ची बाटोमा २ जनालाई चोरीको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो र चोरीमा संलग्न पक्राउ परेका व्यक्तिहरु र मोटरसाईकल आवश्यक कार्वाहीको लागि महानगरीय प्रहरी बृत नयाँ बानेश्वर, काठमाण्डौमा पठाईएको प्रहरी निरीक्षक पाण्डेले बताए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend