
धनगढी : सेती प्रादेशिक अस्पतालअन्तर्गत सञ्चालित अस्थायी कोरोना अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
धनगढी उपमहानगरपालिकाकी २८ वर्षीया स्टाफ नर्समा कोरोना पुष्टि भएको हो।
हिजो सुदूरपश्चिम प्रदेशमा ६८ जनामा कोरोना पुष्टि भएकोमा २८ वर्षीय स्टाफ नर्समा समेत संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अहिले उनको आइसोलसनमा राखेर उपचार भइरहेको छ। उनको सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मीको समेत परीक्षण गर्ने तयारी भइरहेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।
यसअघि कञ्चनपुरका तीन र डडेल्धुराका एकजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend