बिहिबार, जेष्ठ ८ २०८२

बिहिबार, जेष्ठ ८ २०८२

चीनको राजधानी बेइजिङमा स‌ंक्रमितको संख्या लगातार बढ्दै

चीनको राजधानी बेइजिङमा स‌ंक्रमितको संख्या लगातार बढ्दै

चीनको राजधानी बेइजिङमा सोमबार फेरि थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । झन्डै ५० दिनपछि पुन: संक्रमण देखिएको बेइजिङमा शनिबार र आइतबार ३६–३६ जनामा कोरोना देखिएको थियो ।

सबै संक्रमण स्थानीय स्तरमा फैलिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै पछिल्ला ५ दिनमा गरी राजधानी बेइजिङमा संक्रमितको संख्या १०६ पुगेको छ । संक्रमितको संख्या बढेसँगै सरकारले बेइजिङको ३० वटा क्षेत्रमा लकडाउन गरिसकेको छ । त्यस्तै दशौं हजारको कोरोना परीक्षण गरिएको पनि बताइएको छ ।

सिन फा ती थोकबजारपछि मंगलबार अधिकारीहरुले छिचेङस्थित अर्को थोकबजार पनि बन्द गरेका छन् । त्यहाँको खाद्यान्न सामग्रीको थोकबजारमा कार्यरत तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सीसीटीभीले बताएको छ । त्यस्तै बजारसँग जोडिएका आवासीय क्षेत्र र विद्यालयहरु पनि बन्द गरिएको छ ।

बेइजिङको जनसंख्या र संक्रमणको नयाँ क्लस्टरका कारणले संक्रमणले पुन: महामारीको रुप लिने हो कि भनेर विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले चिन्ता व्यक्त गरेको छ ।चीनको राजधानी बेइजिङमा २ करोड भन्दा बढी मानिस बसोबास गर्दछन् । ‘यस प्रकारको क्लस्टरमा संक्रमण देखिनु चिन्ताको विषय हो । यसलाई अनुसन्धान र नियन्त्रणमा ध्यान दिनु आवश्यक छ, जुन चिनियाँ अधिकारीहरुले गरिरहेका छन्,’ डब्लूएचओको आपत्कालीन विभागका निर्देशक डाक्टर माइकल ऱ्यानले भने । डब्लूएचओले संक्रमण तीव्र रुपले फैलिन सक्ने चेतावनी दिँदै परीक्षण र कन्ट्याक्ट ट्रेसिङको दायरा बढाउन चीनलाई सुझाव दिएको छ ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend