सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

सबै निकायबाट जारी भएका सवारी पास रद्द : जोर बिजोरको पूर्ण पालना गर्नुपर्ने

सबै निकायबाट जारी भएका सवारी पास रद्द : जोर बिजोरको पूर्ण पालना गर्नुपर्ने

काठमाडौं : काठमाडौँ उपत्यका भित्र र अन्य जिल्ला भित्रका लागि जुनसुकै निकायबाट जारी गरिएका सवारी पासहरु मंगलबारदेखि रद्द भएका छन् । यात्राका लागि जोर विजोर प्रणालीको पूर्ण पालना गर्नु पर्ने सरकारले बताएको छ ।

काठमाडौँ उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौँ आउनको लागि जारी गरिएका अन्तर जिल्ला जाने पासहरु (छोटो अवधिका) भने यथावत रहने गृह मन्त्रालयले जनाएको छ ।

मोटरसाइकल लगायत दुई पांग्रे सवारीमा पनि जोर विजोर प्रणाली लागु गरिएको छ । मोटरसाइकलमा एक जना मात्रै सवार हुन पाइने गृह मन्त्रालयले जनाएको छ ।

दुई जना सवार दुई पांग्रे सवारी साधनलाई प्रहरीले रोकेको छ । जोर दिनमा अन्तिमको अंक जोर र विजोर दिनमा अन्तिमको अंक बिजोर नम्बर भएका सवारी साधनहरु चल्न पाउने छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend