
भारत प्रवेश गर्न लाग्दा राष्ट्रिय जनता पार्टीकी सांसद सरिता गिरी नाका नजिकै रोकिएकी छिन् । उनलाई नेपाली सुरक्षाकर्मीले रोकेर फर्काइदिएका हुन् । सुरक्षा स्रोतका अनुसार भारत प्रवेश गर्न उनले निकै प्रयास गरेपनि सफल नभएपछि लाहानतर्फ फर्किएकी थिइन् ।
चालक र गाडीसहित गिरी आज दिउँसो तीन बजे सिराहाको थाडीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी थिइन् । तर, लकडाउनको समयमा नाकाबाट जाने अनुमति नदिइएको भन्दै सुरक्षाकर्मीले फर्काएको बुझिएको छ ।
सुरक्षागार्डलाई समेत छाडेर चालकलाई लिएर गिरी भारत प्रस्थान गर्दै थिइन् । उनको माइती भारततर्फ पर्छ । घर सिराहामा छ ।
गिरी नाकामा रोकिएपछि लाहान फर्किएकी थिइन् । त्यसपछि उनी धनुषातर्फ गएको बुझिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend