logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • यस्तो बन्यो आइसीसी नेपालको नयाँ कार्यसमिति, अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध

    यस्तो बन्यो आइसीसी नेपालको नयाँ कार्यसमिति, अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध

    539
    Shares
    यस्तो बन्यो आइसीसी नेपालको नयाँ कार्यसमिति, अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्विरोध

    काठमाडौँ । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आइसीसी) नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ निर्वाचित भएका छन् । उनी निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

    यसैगरी निवर्तमान अध्यक्षमा सुरेन्द्रवीर मालाकार, वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघ–संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा गणेश कार्की, बैकिङ क्षेत्रको उपाध्यक्षमा सुनिल के.सी., इन्स्योरेन्स क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री, एसोसिएट कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल, पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा रहेका छन् ।

    महासचिवमा नरेशप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुशप्रसाद मल्ली तथा सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे निर्वाचित भएका छन् ।

    कार्यसमिति सदस्यहरुमा भने क्रमशः ज्ञानेन्द्र ढुंगाना, अशोक शेरचन, अशोक अग्रवाल, मिनबहादुर गुरुङ, अर्जुनप्रसाद शर्मा, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाईं, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुसन कर्माचार्य, देशबन्धु बस्नेत, पवित्रकुमार कार्की, रविचन्द्र सिंह, विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लब पौडेल, दीपककुमार श्रेष्ठ तथा पोषकराज पौडेल निर्वाचित भएका हुन् ।

    साधारण सभामा बोल्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आइसीसी नेपालले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र एवं कानून निर्माता एवं विभिन्न व्यावसायिक संघहरुसँग मिलेर समन्वयात्मक ढंगमा कार्य गरेको बताए ।

    अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरुको सर्वोच्च संस्था र १७० देशका करीव ४ लाख ५० हजार सदस्य भएको संस्था हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend