बिहिबार, जेष्ठ ८ २०८२

बिहिबार, जेष्ठ ८ २०८२

चार जिल्लामा लकडाउन थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

चार जिल्लामा लकडाउन थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं : गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेका चार जिल्लालाई लकडाउन कडा बनाउन निर्देशन दिएको छ । सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखलाई कोरोना ‘हटस्पट’का रुपमा राख्दै जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गरिने भएको हो ।

गृह मन्त्रालयले यी ४ जिल्लामा अत्यावश्यक सेवाबाहेक सार्वजनिक, निजी तथा गैरसरकारी संघसंस्थाबाट हुने काम कारबाही अर्को निर्णय नभएसम्मका लागि सुचारु नगर्न पनि निर्देशन दिएको छ । यी जिल्लामा कोरोना संक्रमणको जोखिम र खतरा मूल्यांकन गरेर निर्णय लिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend