शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

डीस होमको लकडाउनमै ग्राहकसंग चरम लुट,अर्बौको चलखेल

डीस होमको लकडाउनमै ग्राहकसंग चरम लुट,अर्बौको चलखेल

३ असार, काठमाडौं । नेपालकै ठुलो टिभी सेवा प्रदायक कम्पनी डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम) ले बजारमा रिचार्ज कार्डको सटेज गराएर इलोक्टोनिक्स माध्यमबाट खरिद गरीने कार्डमा मूल्यमा भारी मात्रामा वृद्धि गरेको छ।

यसअघि इसेवा,आइएमी पे,खल्ती र कनेक्ट आइपिएस जस्ता इलोक्टोनिक्स माध्यमबाट सामान्य कार्ड ३५० मा खरिद गर्दै आएका ग्राहकलाई अब सोहि कार्डको लागी ५०० तिर्नुपर्ने छ। भने सिधै रिचार्ज कार्ड किन्ने ग्राहकले अब चार सय तिर्नुपर्ने छ तर चार सयमा पाइने भनिएको रिचार्ज कार्ड बजारमा सटेज गराइएको छ ग्राहकहरुले डिलरहरुमा सम्पर्क गर्दा कार्ड नभएकोले इलोक्टोनिक्स माध्यमबाट रिचार्ज गर्न डिलरले सुझाव दिने गरेका छन्।

लकडाउनले प्राय जसो सेवा प्रादायक कम्पनीले ग्राहकलाई बिभिन्न प्रकारका सुबिधा दिए पनि डीस होम भने कमाउ धन्दामा लागेको छ। अझै घरमा बस्न बाध्य ग्राहकको समय बिताउने र सूचना लिने माध्यम टेलिभिजन भएको मौकाको चौका डीस होमले बनाएको छ ।

पछिल्लो समय स्कुल कलेज बन्द भएका कारण इन्टरनेटको पहुच बाहिर रहेका बालबालिकाको पढाई समेत टेलिभिजनमा हुन् थालेकाले जनतालाई कार्ड रिचार्ज गर्नु बाध्यता जस्तै बनेका बेला डिस होमलाई भने पैसा कमाउने उपयुक्त मौका बनेको छ।

डिसहोमका नेपालका ७७ वटै जिल्लाका ७ सय ५३ स्थानीय तहमा गरी लाखौ ग्राहक छन्। लाखौ ग्राहकलाई १५० वृद्धि गरी मासिक अर्बौ कमाउने योजनामा कम्पनी लागेको छ। जनतालाई दैनिक खान समेत समस्या भएको बेला बालबालिकाको पढाई र सुचनामा समेत कुण्ठित गर्ने गरी गरीएको वृद्धिमा नियमन गर्ने सम्बन्धित निकाय भने मौन छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend