मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

नारायणगढ मुग्लिन सडकखण्डमा पुनः खस्यो पहिरो

नारायणगढ मुग्लिन सडकखण्डमा पुनः खस्यो पहिरो

नारायणगढ मुग्लिन सडकखण्डको चार किलोमा पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बुधबार बिहान झरेको पहिरो साँझ पन्छाएलगत्तै पुनः सोही ठाउँमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार बिहानको पहिरो पन्छाएर सकिएको केही बेरमै साँझ सोही स्थानमा पहिरो गएपछि बाटोमा रोकिएका सवारी साधनको लाम बढेको छ । मुग्लिन नारायणगढ सडकमा पर्ने इच्छाकामना गाउँपालिका वडा नं ६ मा बुधबार सबेर ४ः१५ बजे पहिरो खसेको थियो । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सो सडकमा पहिराले ४५ मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको भए पनि पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको बताइएको छ ।  

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend