
सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिकामा आत्महत्या गरेकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका ८ कि २५ वर्षीय युवतीमा कोरोना पुष्टि भएको कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । असार १ गते आत्महत्यापछि पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि भएको तिवारीले जानकारी दिए । सिम्ताकै एक क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किदा उनको आरडीटी रिपोर्ट नेगेटिभ आएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend