शुक्रबार, चैत्र ८ २०८१

शुक्रबार, चैत्र ८ २०८१

भारतीय सेनाको दाबी : कमाण्डिङ अफिसरसहित ४० भन्दा बढी चिनियाँ सेना मारिए

भारतीय सेनाको दाबी : कमाण्डिङ अफिसरसहित ४० भन्दा बढी चिनियाँ सेना मारिए

भारत र चीनका सेनाबीच गलवान घाँटीमा भएको झडपलाई लिएर विभिन्न दाबी बाहिर आइरहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सो झडपका क्रममा ४० जनाभन्दा बढी चिनियाँ सेना मारिएको दाबी गरेका छन् । जसमा चिनियाँ सेनाका एक कमाण्डिङ अफिसरसमेत रहेको दाबी गरिएकाे छ । भारतीय पक्षले ठूलो संख्यामा चिनियाँ सेना मारिएको दाबी गरे पनि अहिलेसम्म चीनले यसबारेमा आधिकारिक रूपमा केही बताएको छैन । भारतका भने सो भिडन्तमा २० जना सैनिक मारिएको र अन्य ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । १५–१६ जूनको राति गलवान घाँटीमा दुई देशका सेनाबीच भएको झडपमा भारतका कमाण्डिङ अफिसर सन्तोष बाबुसहित २० जना मारिएका थिए । सो झडपमा भारतीय सेनाका अन्य १३५ जना घाइते भएका छन् । करिब तीन घन्टासम्म दुई परमाणु शक्ति राष्ट्रका सेनाबीच १४ हजार फिट उचाइमा भिडन्त भएको हो । दुई देशका सेनाबीच, ढुंगा, लाठी र धारिलो हतियारसहित झडप भएको थियो । यही गलवानमा सन् १९६२ को युद्धमा ३३ भारतीयको मृत्यु भएको थियो । २० अक्टोबर १९७५ मा अरुणाञ्चल प्रदेशका तुलुंगमा असम राइफलको पेट्रोलिङ टोली एम्बुसमा पर्दा ४ भारतीय सैनिक मारिएपछि करिब ४५ वर्षसम्म दुई देशको सीमा क्षेत्रमा सैनिक मारिएको यो पहिलो घटना हो । भारतीय सैनिक सूत्रका अनुसार १५ देखि २० सैनिक बेपत्ता भएका छन् भने चीनले पालैपालो गरेर भारतीय सैनिकको शव पठाएको बताइएको छ । केही सैनिक नदीमा खसेका थिए । लाइन अफ एक्चुअल कन्ट्रोलमा चिनियाँ सेनाका हेलिकोप्टर उडिरहेका छन् । स्रोतका अनुसार मारिएका २० मध्ये ३ सैनिक गोली लागेर मारिएको बताएको छ । ४५ जवानलाई बन्धक बनाएको र त्यसमध्ये २५ जनालाई छाडेको भारतीय सेनाको दाबी छ । सेनाले यसअघि दुवै देशका सेना सो स्थलबाट पछि हटेको बताएको थियो । भिडन्तका क्रममा १७ सैनिक गम्भीर घाइते भएका थिए । शून्यभन्दा पनि कम तापक्रम भएका इलाकामा रहेका उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये कमाण्डिङ अफिसर कर्णेल सन्तोषबाबुसहित हवल्दार पालानी र जवान कुन्दन झाको मात्रै नाम सार्वजनिक गरिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

ताजा अपडेट