शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

भारतले नेपाललाई वार्ताको प्रस्ताव नगर्ने !

भारतले नेपाललाई वार्ताको प्रस्ताव नगर्ने !

सीमा–विवाद समाधानका लागि वार्ताको वातावरण तयार गर्ने जिम्मा भारतले नेपाली पक्षलाई नै छाडिदिने भएको छ । द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार भारतले अब कुनै वार्ताको प्रस्ताव गर्ने छैन । भारतीय विदेश मन्त्रालयको स्रोत उद्धृत गर्दै समाचारमा उल्लेख गरिएअनुसार काठमाडौंलाई वार्ताको परिस्थिति बनाउन खग्रस तुल्याउने गरी भारतले चुप लाग्ने नीति अख्तियार गर्नेछ । नेपालले नयाँ नक्शा जारी गरिसकेको अवस्थामा भारतले वार्ताका लागि बढेको पाइला निकालिसकेको समाचारमा भनिएको छ । टाइम्स अफ इन्डियाले वर्तमान नक्सा–प्रकरणलाई ‘ओली सत्ता’द्वारा जानीजानी उत्पन्न गराइएको परिस्थिति भनेको छ । यसअघि द हिन्दुस्तान टाइम्सले विदेश मन्त्रालयको स्रोत उल्लेख गर्दै नयाँ नक्शा जारी गर्नुअघि भारतले विदेश सचिवस्तरीय कुराकानीको प्रस्ताव गरेको उल्लेख गरेको थियो । विदेश सचिवस्तरीय भ्रमणको समेत प्रस्ताव गरेको भनिए पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गत वर्षको कात्तिकदेखि सीमा विवादको विषयमा वार्ताको प्रस्ताव गर्दा बेवास्ता भएको जनाएका थिए ।  

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend