शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

बिहिबार थप ६ सय ७१ जनामा कोरोना संक्रमण, संक्रमितको हालसम्मकै यो उच्च संख्या

बिहिबार थप ६ सय ७१ जनामा कोरोना संक्रमण, संक्रमितको हालसम्मकै यो उच्च संख्या

बिहीबार नेपालमा ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् ।एकैदिन थप ६ सय ७१ जनासंक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७ हजार ८ सय ४८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार नेपालमा कोरोना संक्रमणको पुष्टी भएको हालसम्मकै यो सर्वाधिक संख्या हो । त्यस्तै, कोरोनाका कारण कैलालीका एक महिला र एक पुरुषले ज्यान गुमाएका छन् ।

मृत्यु हुनेमा कैलालीका ४६ वर्षीय पुरुष र कैलाली कै ४३ वर्षीया महिला रहेको मन्त्रालयले पुष्टि गरेको छ । पुरुषको सेती प्रादेशिक अस्पतालमा असार ३ गते र महिलाको नेपालगञ्ज मेडिकल अस्पतालमा असार २ गते मृत्यु भएको जनाइएको छ ।

यस सँगै नेपालमा कोरोना भाइरसबाट मर्नेको संख्या २२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वरप्रसाद गौतमले जानकारी दिएअनुसार हालसम्म देशका ७४ जिल्लामा कोरोना संक्रमण देखिएको छ । नेपालमा संक्रमित मध्ये १ हजार ३ सय ०३ जना निको भएर घर फर्किसकेका छन् जसमध्ये पछिल्लो २४ घन्टामा १९ जनाले स्वास्थ्य लाभ गरेका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend