
धादिङ : कोरोना भाईरस रोकथाम तथा नियन्त्रणको लागि धादिङका स्थानिय तहहरुले क्वारेन्टाईन, आईशोलेसन कक्षहरु निर्माण गरेका छन् । तर स्थानिय तहहरुले निर्माण गरेको क्वारेन्टाईनहरु व्यवस्थीत र मापदण्ड नपुगेको भन्ने जनगुनासो आउने गरेका छन् ।
स्थानिय तहमा देखिएका समस्यालाई केही हदसम्म समाधानको लागि भन्दै फोक्स नेपालले विहिबार सिद्धलेक गाउँपालिका वडा नम्बर १ मा नागेश्वरी आधारभूत विद्यालयमा रहेको क्वारेन्टाईनलाई सर्जिकल वेड तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । भारत लगायत तेस्रो मुलकबाट आएका नागरिकहरुलाई राख्न निर्माण पूर्वाधार सहितको क्वारेनटाईन व्यावस्थापन र आईशोलेसन निर्माणको लागि सर्जिकल वेड र स्वास्थ्य सामाग्री वितरण गरिएको सम्पन्न रेजिलेन्ट परियोजनाका कार्यक्रम संयोजक जिवन सिलवालले जानकारी दिनुभयो ।
फोक्स नेपालले क्रिस्चिएन एडको आर्थिक सहयोगमा सम्पन्न रेजिलेन्ट परियोजन अन्र्तरगत २० ओटा सर्जिकल वेड सहित स्वास्थ्य सामाग्री गाउपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाललाई हस्तान्तरण गरिएको संयोजक सिलवालले जानकारी दिनुभयो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत धनेश्वर पौडेल, वडाअध्यक्षहरु चन्द्र प्रसाद सिलवाल, रामहरी वराकोटी, लक्ष्मण खतिवडा, फोक्स नेपालका कार्य समिति सदस्य तोलाकुमारी पाठक, फोक्स नेपालका कर्मचारीहरु, प्रहरी, गाउँपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend