मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

बालिका बलात्कार आरोपमा दुई युवक पक्राउ

बालिका बलात्कार आरोपमा दुई युवक पक्राउ

कैलाली : कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गौरीगंगा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिका-४ बस्ने १९ वर्षका का नवीन सावद र सोही ठाउँका २० वर्षीय चन्द्र सावदलाई पक्राउ गरेको हो ।

पीडित बालिकाको बयानअनुसार बलात्कारको आरोपमा ती दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend