शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

कोरोना संक्रमणको कारण ज्यान गुमाउने महिलाको सम्मानपूर्वक अन्त्येष्टि

कोरोना संक्रमणको कारण ज्यान गुमाउने महिलाको सम्मानपूर्वक अन्त्येष्टि

कैलाली : कोरोना संक्रमणको कारण ज्यान गुमाउने कैलालीको लम्की चुहा नगरपालिका-२ की ४३ वर्षीया महिलाको शव नेपाली सेनाले सम्मानपूर्वक व्यवस्थापन गरेको छ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएकी महिलाको शव बर्दियाको मानखोलास्थित ढकेरी जंगलमा सेनाले अन्त्यष्टि गरेको हो।

जंगलमा एक्स्काभेटरले खाल्डो खनेर सेनाले ती महिलाको शव सम्मानपूर्वक अन्त्येष्टि गरेको हो। शव खाल्डोमा हाल्नुअघि सेनाको टोलीले मृतक महिलाप्रति सलामी अर्पण गरेका थिए।

शव व्यवस्थापन कार्यमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, नेपाली सेनाका कर्णेल नकुल थापा लागयतको पनि सहभागिता थियो।

मृतक महिला ३१ जेठमा टाउकोमा चोड लागेको कारण उपचारका लागि नेपालगन्ज मेडिकल कलेमा भर्ना भएकी थिइन्।

सर्जरी गर्नुअघि उनको पीसीआर परीक्षणका लागि असार २ गते स्वाब संकलन गरिएको थियो। उनको बुधबार बेलुका कोरोना पुष्टि भएको रिपोर्ट आएको थियो। उनको मृत्यु भने मंगलबार (असार २ गते) नै भएको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend