सोमबार, कार्तिक २४ २०८२

सोमबार, कार्तिक २४ २०८२

भारी वर्षाका कारण नारायणगढ– मुग्लिन सडक पुनः पहिरो खस्यो, सडक अवरुद्ध

भारी वर्षाका कारण नारायणगढ– मुग्लिन सडक पुनः पहिरो खस्यो, सडक अवरुद्ध

चितवन, असार ५ : नारायणगढ मुग्लिन सडकखण्डको कालीखोलामा पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुंक्रबार विहान ११ः२५  पहिरो खसेको हो । भारी वर्षाका कारण पहिरो खसेकाले तत्काल पहिलो पन्छाउन सम्भव नभएको प्रहरीले बताएको छ ।

पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जानकारी दिएको छ । गएको बुधबार विहानैबाट गएको पहिरो पन्छाउन दिनभरी नै लागेको थियो । दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको भए पनि पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । 

नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सो सडकमा पहिराले सडक ढाकेको छ ।सडक अवरुद्ध भएपछि दुबैतर्फ सवारी रोकिएका छन् ।

तत्काललाई सो सडकको विकल्प प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । नारायणगढसम्म रोकिएका सवारी हेटौडा हुदै काठमाडौं लागेका छन् ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend