सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

भारतीय सेनाका कोही बेपत्ता नभएको दाबी !

भारतीय सेनाका कोही बेपत्ता नभएको दाबी !

लद्दाखको गल्वानमा चिनियाँ र भारतीय सेनाका बीचमा भएको भिडन्तका क्रममा भारतीय सेनातर्फका कोही पनि बेपत्ता नभएको भारतीय सेनाले जनाएको छ ।

केही दिन अगाडी भएको भिडन्तका क्रममा केही भारतीय सैनिकहरु बेपत्ता भएको भनिएको विषयमा भारतीय सेनाले स्पष्ट पार्दै आफ्नो तर्फका कोही पनि सम्पर्कविहीन नरहेको जानकारी दिएको हो ।

यही जुन १५ र १६ तारिखमा लद्दाखको गल्वान उपत्यकामा दुई देशका सैनिकहरुका बीचमा भिडन्त भएको र भारत तर्फका कम्तीमा २० सैनिकको मृत्यु भएको थियो । ‘न्युयोर्क टाइम्सले चीन र भारतका बीचमा भएको झडपका क्रममा केही भारतीय सैनिकहरु बेपत्ता समेत भएको भनेर यही जुन १७ मा समाचार लेखे पनि भारतीय सेनाका कोही पनि बेपत्ता नभएको स्पष्ट पार्न चाहन्छौँ’, भारतीय सेनाद्वारा जारी वक्तव्यमा भनिएको छ ।

झडपका क्रममा कर्णेल तहका सैन्य अधिकारीसहित भारतीय सैनिक तर्फका कम्तीमा २० सैनिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend