शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

२० देशका नेपाली बालबालिकाले साटासाट गरे कोरोना कहरको अनुभव

२० देशका नेपाली बालबालिकाले साटासाट गरे कोरोना कहरको अनुभव

विश्वभर फैलिएको कोभिड १९ का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली बालबालिकाको आफ्नो अनुभव साटासाट गरेका छन् ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको विश्व स्वास्थ्य समितिको संयोजनमा जुममार्फत भएको भेलामा २० देशका १२ वर्षमुनिका नेपाली बालबालिका सहभागी भए । सहभागी बालबालिकाहरुले कोरोना कहरमा आफूले भोगेको अनुभव मन खोलेर सुनाएका थिए । सभ्यता शर्मा (१०) र एलिस कार्की (१२)ले सञ्चालन गरेको कार्यक्रममा नेपाललगायत अष्ट्रिया, नाइजेरिया, क्यानडा, साउदी अरब, अमेरिका, जापान, बहराइन, इटाली, चीन, कतार, युएई, दक्षिण कोरिया, बेलायतलगायत देशमा रहेका दोस्रो पुस्ताका नेपाली बालबालिका सहभागी थिए ।

दुई दर्जनभन्दा बढी बालबालिका सहभागी उक्त कार्यक्रममा वर्ष पाँचदेखि १२ सम्मका भाइबहिनीको रमाइलो छलफल रहेको थियो । सबैभन्दा कम उमेरकी युभरानी गुरुङ पाँच वर्षकी हुन् ।

बालबालिकाले सो कार्यक्रममा आफूले कोरोनाको कारणले भोग्नुपरेका समस्या, आफ्नो दैनिकीमा आएका परिवर्तनका बारेमा एकापसमा छलफल गर्दै भविष्यमा भएका उनीहरुका योजनाका बारेमा पनि सबैमाझ प्रस्तुत गरेका थिए ।

सो कार्यक्रमको संयोजन गैरआवासीय नेपाली सङ्घअन्तर्गतको विश्व स्वास्थ्य समितिको तर्फबाट विमला सापकोटा, डा. सञ्जीव सापकोटा, सत्य चौधरी, यस्मिन बेगम सैयदले गरेका थिए । सो कार्यक्रमलाई गैरआवासीय नेपाली सङ्घको आधिकारिक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend