सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

घरबिदामा आएका गोर्खा रेजिमेन्टका सैनिकलाई बोलायो भारतले

घरबिदामा आएका गोर्खा रेजिमेन्टका सैनिकलाई बोलायो भारतले

भैरहवा : घरबिदामा आएका गोर्खा रेजिमेन्टका सैनिकलाई भारतले बोलाउन थालेको छ। लकडाउन अघि नै घरबिदामा स्वदेश आएका गोर्खा रेजिमेन्टका सैनिक लकडाउनका कारण अड्किए पनि भारतले पल्टनमा तत्काल हाजिर हुन निर्देशन दिएको छ।

सोही निर्देशनलाई पालना गर्दै गोर्खाली सैनिक रुपन्देही बेलहिया नाका हुँदै लर्को लागेर पल्टन जान थालेका छन्। भारतमा बढ्दो संक्रमण र लकडाउनका कारण लामो समयदेखि बिदा सकिएर बसे पनि भारतले उनीहरुलाई बोलाएको थिएन। तर, लद्दाखमा चीनसँग विवाद उत्पन्न र हिंसात्मक झडपमा सैनिक मारिएपछि सैनिकलाई पल्टनमा तत्काल हाजिर हुन निर्देशन आउन थालेको छ।

भारतीय संचारमाध्यमका अनुसार सीमामा भारत चीनबीच भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको मृत्यु भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिकाका विजय थापाले पल्टनमा उपस्थित हुनका लागि निर्देशन आएकाले आफू जाने तयारी गरिरहेको बताए। ‘उपस्थित हुनका लागि केही दिनअघि फोन आएको थियो’, उनले भने, ‘त्यसैले जानका लागि तयारी गरिरहेको छु। अरु विषय थाहा भएन।’ घर बिदामा आएका गोर्खा रेजिमेन्टका सैनिकका अनुसार पल्टनमा बोलाउनका लागि दुई विधि अपनाइएको छ। पहिलो तत्काल हाजिर हुने र दोस्रो तयारी अवस्थामा बस्ने र बोलाएको बखत हाजिर हुने भनिएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend