बुधबार, जेष्ठ ७ २०८२

बुधबार, जेष्ठ ७ २०८२

बिदेशमा बेखर्ची भएका नेपालीलाई सरकारले निशुल्क उद्धार गर्ने

बिदेशमा बेखर्ची भएका नेपालीलाई सरकारले निशुल्क उद्धार गर्ने

५ असार, काठमाडौं । बिदेशमा बेखर्ची भएका नेपालीलाई सरकाले निशुल्क उद्धार गर्ने भएको छ । 

शुक्रबार बसेको सिसिएमसी बैठकले विदेशमा रहेका नेपाली श्रमिकहरुलाई स्वदेश फर्कन सम्बन्धीत देश र सम्बन्धीत कम्पनीले खर्च नव्यहोरेको खण्डमा अप्ठेरोमा परेका श्रमिहरुलाई सरकारले उद्धार गर्ने गरी त्यसको जिम्मा श्रम मन्त्रालयलाई दिइएको छ ।

त्यस्तै बैठकले  मुलुकभर रहेका क्वारेन्टाइनको सुधार गर्दै यसको नियमित अनुगमन गर्ने निर्णय गरेको छ । क्वारेन्टाइनको अवस्थाका बारेमा टिकाटिप्पणी हुन थालेपछि कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटि(सिसिएमसी)ले क्वारेन्टाइनको अवस्था सुधार गर्दै प्रदेश सरकारले यसको नियमति अनुगमन र सहजीकरण गर्ने निर्णय गरेको हो ।

सिंहदरबारमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको दुई साता भित्र कोरोना परिक्षण सम्पन्न गर्ने निर्णय पनि गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै जादा मुलुकभर आइशोलेनको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले पिसिआर परिक्षणको क्षमता बढाउने निर्णय पनि गरेको छ । त्यसैगरी  विदेशबाट आएको शव व्यवस्थापनको जिम्मा श्रम मन्त्रालयलाई दिने निर्णय पनि भएको मन्त्री ज्ञवालीले बताउनुभयो । बैठकले कोरोना संक्रमणबाट जोखिममा रहेका नेपाली नागरिको स्वास्थ्य परिक्षण र उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्राललाई निर्देशन दिएको छ भने संक्रमणको जोमिख हेरेर सम्बन्धीत नगर वा पालीकालाइ सिल गर्ने अख्तियारी प्रदेश सरकारलाई दिइएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । यसका लागि सिसिएमसीलाई जानकारी गराउनुपर्ने उहाले बताउनुभयो ।

 

 बैठकले बैदेशिक रोजगारबाट बिदामा नेपाल आएका र नयाँ रोजगारीका लागि बिदेश जाने नागरिकका लागि श्रममन्ँत्रालय र बिद्यार्थीको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा पठाउन सकिने निर्णय भएको छ । त्यस्तै नयाँ क्वारेन्टाइन निर्माणका लागि केन्द्रीय कोषबाट रु ३५ करोड प्रदेश सरकारमार्फत सम्बन्धीत पालीकालाई दिने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend