बिहिबार, जेष्ठ ८ २०८२

बिहिबार, जेष्ठ ८ २०८२

विधालयको क्वारेन्टाइनमा बसेकाहरू माथि अमानवीय व्यवहार गर्दै

विधालयको क्वारेन्टाइनमा बसेकाहरू माथि अमानवीय व्यवहार गर्दै

धादिङ : धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर-१ स्थित आदर्श माध्यमिक विद्यालयका क्वारेन्टाईनमा बसेकाहरुले आफुहरुमाथि अमानवीय व्यवहार गरेको भन्दै आरोप लगाएका छन् ।

पीडितहरुले आफुहरुमाथि अमानवीय व्यवहार प्रदर्शन गरेको आरोप लगाए । गजुरी गाउँपालिकाले आदर्श माध्यमिक विद्यालयको भवनमा क्वारेन्टाईन स्थल बनाएको छ ।

क्वारेन्टाइनमा बसेकाहरुले आफुलाई शौचालय र बासस्थलमा समेत फोहोर रहेको उनीहरुले बताए । क्वारेन्टाईनमा बसेका एक २८ वर्षीय पुरुषले भने, ‘हामीले केही माग्यौं भने झर्किने र केही भन्नै नहुने जस्तो गरी हप्काउने गर्छन् ।’ हामीलाई शौचालय राम्रो छैन प्रश्न गर्दा विधालय का परिचरले आमानविय व्यवहार गर्ने गरेको छ , हामी कहाँजाने शौच गर्न उचित शौचालयको व्यवस्था नहुँदा हामी क्वारेन्टाईनको व्यवस्थापनमा बसेका मान्छेसँग माग्छौं, तर हामीलाई हप्कीदप्की व्यवहारको सामना गर्नु बिधालयको परिचर द्वारा।’ परिचरलाई केहि कुरा गर्न खोज्दा क्वारेन्टाइनमा बसेकाहरू माथि झर्किने गर्ने गरेको एक जना युवाले सुनौलो नेपाललाई जानकारी दिए ।

युवकले भने, ‘आफु क्वारेन्टाइनमा रहेकाले परिवारका सदस्यले पनि परिचरको अमानवीय व्यवहार गरेको सुन्दा चिन्तित बनेका छन्। ,क्वारेन्टाइनमा बसेका हरु भन्छन के गर्नु नगर्नु भएको छ, कसलाई के भन्नु सुनिदिने कोहि छैनन् ।’

यता गाँउपालिकाका स्वास्थ्य संयोजक डा.रामहरी रेग्मीसंग उक्त बिषयमा प्रश्न गर्दा क्वारेन्टिनमा बसेकाहरुले गुनासो गरेका उक्त ब्यक्ति क्वारेन्टिन स्थल निर्माण गरिएको आदर्श मा.विमा परिचरको रुपमा कार्यरत् महिला भयको स्विकार गरेका छन् । डा. रेग्मीका अनुसार उक्त महिलाको कारण पटक-पटक यस्तो ब्यवहार गरेको गुनाशो आईरहेको र कयौँपटक उनीसंग छलफल गर्दा उनले आफुले त्यस्तो नगरेको बताउने गरेको बताए।

त्यस्तै गाँउपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले पनी उक्त बिषय आफुले जानकारी लिएको र अब अनुसन्धान गरी त्यस्तो व्यवहार गरेको प्रमाणीत भए त्यस्ता कर्मचारीलाई कारवाहि गर्ने अध्यक्ष बस्नेतले बताए ।

सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend