
काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापा बुधबार कालापानी क्षेत्रमा पुगेका थिए । उनले छाँगरुको सुरक्षा बेस क्याम्प नीरिक्षण गरेका थिए । प्रधानसेनापति थापा कालापानी क्षेत्रमा पुगेकाे खबरले भारतीय मिडियाले चासाे राख्दै येति बेला समाचार प्रसारण गरेका छन ।
कालापानी क्षेत्रमा विवाद चर्किरहेका बेला प्रधानसेनापति उक्त क्षेत्रमा पुगेपछि भारतिय मिडियाले चासाे दिएका छन । थापाले नेपाली सेनाले ब्यास गाउँपालिका २ घाटीबगडमा गोरेटो बाटो निर्माण गरिरहेको अनुगमन समेत गरेका थिए । गत जेठ ९ बाट ब्यास जोड्ने बाटो निर्माण शुरु भएको हो । यसको असारभित्रै निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ । घाँटीबगड देखि मौर्याभिरसम्मको कठिन भुगोलमा ४ सय मिटरको बाटो निर्माण भइरहेको हो । यसैगरी, सशस्त्र प्रहरीको छाँगरुमा बिओपी रहेको छ ।
सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालले त्यसको अनुगमन गरेका थिए । उनले दार्चुलाको खलंगामा निर्माण भएको सशस्त्र प्रहरी नम्बर ५० गुल्मको उदघाटन गरेका थिए । इन्डियन एक्सप्रेसले नेपालको राष्ट्रियसभाले नेपालको नयाँ नक्शा समेटेको निशान छाप अनुमोदन गर्न संविधान संशोधन प्रस्ताव पारित गर्नै लाग्दा सेनापति सशस्त्रका आइजीपीसहित कालापानी नजिकैको छाँगरुमा पुगेको भनेको छ ।
कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भुभाग समेटेर नेपालले नयाँ नक्शा जारी गरेपछि भारत असन्तुष्ट रहँदै आएको छ । संसदबाटै यसको अनुमोदन प्रक्रिया बढेपछि भारतले वार्ताको वातावरण बिग्रिएको सन्देश दिइरहेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend