
बागमती प्रदेश प्रहरी स्तरिय कार्य संञ्चालन समिक्षा तथा कार्यनीति सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार (असार-५) बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको आयोजनामा धादिङको गल्छी गाउँपालिका-६ स्थित त्रिशुली बीच-रिसोर्ट बैरेनीमा शुक्रबार साँझ कार्यक्रम सम्पन्न भएको हो ।
जिल्लाभर शान्ति सुरक्षा, अपराध र नियन्त्रण, ट्राफिक ब्यवस्थापनको अवस्था, चुनौती, कोभिड– १९ नियन्त्रण तथा संक्रमण ब्यवस्थापन‚ प्रहरी कर्मचारीहरुलाई कोरोना संक्रमणबाट बचाउन अबलम्वन गरिएका कार्यहरु‚ कार्य संचालनका समस्याहरु‚ लकडाउनको समयमा सुरक्षामा आई पर्न सक्ने चुनौतीहरु र रोकथामको कार्ययोजना‚ प्रदेश प्रहरी कार्यलयबाट गरिएका अपेक्षाहरु‚ जिल्लाहरुको कोभिड– १९ महामारीको नियन्त्रण तथा संक्रमण ब्यवस्थापन गर्न अपनाईएका विशेष प्रयासहरुको बारेमा छलफल गरिएको हो ईलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरिक्षक भोजराज पाण्डेले सुनौलो नेपाललाई जानकारी दिनु भयो ।
कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवन‚ जिल्ला प्रहरी कार्यालय मकवानपुर‚ चितवन‚ धादिङ‚ नुवाकोट र रसुवाका कार्यालय प्रमुखहरुले आ–आफ्नो जिल्लाको शान्ती सुरक्षा र कोभिड– १९ नियन्त्रण तथा संक्रमण ब्यवस्थापन गर्न अपनाईएका विशेष प्रयासहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौडाका सचिव बिनोद प्रकाश सिंह‚बागमती प्रदेश प्रहरी कर्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी नायव महानिक्षक वसन्त कुमार लामा, धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरी, विभिन्न जिल्लाका कार्यलय प्रमुखहरुको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend