सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

भारतका रिटायर्ड मेजर जनरल बख्शीले गरे नेपालप्रति निकै अपमानजनक ट्वीट

भारतका रिटायर्ड मेजर जनरल बख्शीले गरे नेपालप्रति निकै अपमानजनक ट्वीट

 भारतका रिटायर्ड मेजर जनरल जीडी बख्शीले नेपालप्रति निकै अपमानजनक ट्वीट गरेका छन् । ट्वीटमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोमानियाका कम्युनिष्ट तानाशाह निकोलाई सेउसेस्कुसँग तुलना गरेका छन् । सेउसेस्कु रोमानियाका तानाशाह थिए जसलाई त्यहाँका जनताले विद्रोह गरी अपदस्थ गरेका थिए । उनलाई १९८९ को क्रिसमसका दिन गोली हानी मारिएको थियो । बख्शीले ट्वीटमा लेखेका छन् ‘भारतले चीनलाई ह्याण्डल गर्नको लागि कसैको सहयोग चाहिन्न । हामी यसो गर्नको लागि पर्याप्त ठूलो र बलियो छौं । तर, यस्ता समयले तपाइँलाई तपाइँका मित्र को हुन् भन्ने देखाउँछन् । अमेरिकी राजदूतले हाम्रा साहसीहरुलाई समर्थन गरे । तर, ती सेउसेस्कु – नेपालका ओलीले हामीलाई कसरी पिठ्युँमा छुरा रोपे भन्ने हामीले कहिल्यै बिर्सने छैनौं ।’ बख्शीले यसरी नेपालप्रति आक्रामक अभिव्यक्ति दिएको यो पहिलो पटक भने होइन । उनले यसअघि पनि विभिन्न समयमा यस्ता अभिव्यक्ति दिँदै आएका थिए । विभिन्न टिभी टक शोहरुमा पनि उनी नेपालप्रति आक्रामक रुपमा प्रस्तुत हुने गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend