
विश्वमा कोरोना महामारीको दोश्रो लहर सुरुवातको संकेत देखापरेको छ । वर्लडओमिटरका अनुसार अहिलेसम्म सङ्क्रमितको संख्या ९० लाख, ४५ हजार ६ सय ४ छ भने पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार सङ्क्रमित थपिएका छन् । जुन अहिलेसम्मकै एकै दिनमा थपिएका संक्रमितको उच्च रेकर्ड हो । यसमा सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा २३ लाख ५६ हजार ६ सयमा सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ ४ लाख ७० हजार ६ सयको ज्यान गएको छ ।
सङ्क्रमित धेरै हुने देशको दोस्रो स्थानमा रहेको ब्राजिलमा ५० हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ । ब्राजिलमा सङ्क्रमित व्यक्तिको संख्या झण्डै १० लाख ८७ हजार पुगेको छ । सङ्क्रमित र ज्यान गुमाउने व्यक्तिहरूको संख्या बढे पनि ब्राजिलमा राष्ट्रपति जाइर बोल्सोनारूको दबावका कारण ठूला शहरहरू खुल्न थालिसकेका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend