शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

लकडाउन उल्लंघन गरेको आरोपमा भारतमा १२ जना नेपाली तब्लिगी जमात विरुद्ध मुद्दा

लकडाउन उल्लंघन गरेको आरोपमा भारतमा १२ जना नेपाली तब्लिगी जमात विरुद्ध मुद्दा

लकडाउन उल्लंघन गरेको आरोपमा भारतको एक अदालतमा १२ जना नेपाली तब्लिगी जमात सदस्यविरुद्ध कारवाही माग गर्दै मुद्दा दायर गरिएको छ ।

तब्लिगी जमातका १२ नेपाली सदस्यलाई आईपीसी र महामारी रोग ऐनअन्तर्गत मुद्दा दायर गरिएको भारतीय अखबार इन्डियन एक्सप्रेसले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

लकडाउनका बेला भेला हुन नपाउने नियमविपरीत उनीहरू भारतमा आयोजित एक भेलामा सहभागी भएको अभियोग लगाइएको छ । मुद्दा दायर गरिएका नेपालीको परिचय भने समाचारमा खुलाइएको छैन ।

यसैबीच, भारतीय प्रहरीले दिल्ली, मणिपुर, हरियाणा र उत्तर प्रदेशका २२ अन्य तब्लिगी जमात सदस्यहरूविरुद्ध पनि छुट्टै मुद्दा दायर गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend