
नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ हजार ५ सय ६१ पुगेको छ । बितेको २४ घण्टामा नेपालमा थप ५ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि संख्या साढे नौ हजार नाघेको हो ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार ७४ महिला र ४ सय ६१ जना पुरुष पछिल्लो २४ घण्टामा संक्रमित पाइएका हुन् ।
कूल संक्रमितमध्ये ८ सय ९४ महिला र ८ हजार ६ सय ६७ जना पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट नेपालमा २३ जनाको मृत्यु भएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend