
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १३०७ पुगेको छ । मंगलबार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचाररत दैलेख दुल्लुका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै कर्णालीमा कोरोनाले मृत्यु हुनेको संख्या ५ पुगेको छ । मंगलबार नै कर्णालीका विभिनन् आइसोलेसनबाट ९ जना डिस्चार्ज भएका छन् । मंगलबार डिस्चार्ज भएकासँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ५६० पुगेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend