मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

भारतीय सीमा सुरक्षामा खटिएका नेपाली गोर्खा सैनिकको मृत्यु

भारतीय सीमा सुरक्षामा खटिएका नेपाली गोर्खा सैनिकको मृत्यु

नयाँ दिल्ली : सीमा सुरक्षामा खटिएका एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् । जम्मू–कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्र नजिक सोमबार बिहान भएको गोलीबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो ।

भारतीय सेनाले युद्धविरामलाई उल्लंघन गर्दै सोमबार बिहान करिब साढे पाँच बजेतिर पाकिस्तानतर्फबाट भएको गोलीबारीमा परेर जम्मू–कश्मीरको नौसेरा क्षेत्रको रजौरी जिल्लामा खटिएका हवलदार दीपक कार्कीको मृत्यु भएको जनाएको छ । गोलीबारीमा गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा मृत्यु भएको हो । ३७ वर्षीय कार्की गुल्मी जिल्ला निवासी भएको भएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले कार्कीको पार्थिव शरीरलाई मंगलबार दिउँसो गोरखपुरमा लगिने र करिब चार बजे त्यहीँको राजघाटमा अन्तिम संस्कार गरिने जनाएका छन् । भारतीय सेनाको ड्युटीमै रहेका बेला नेपाली नागरिकको मृत्यु भएको पछिल्लो घटना पहिलो भने होइन । गत वर्ष मंसिरमा पनि जम्मू–कश्मीरमै खटिएका गोरखाको रिप गाउँका २५ वर्षीय अर्जुन थापामगरले पनि दोहारो गोलीबारीमा परेर ज्यान गुमाएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend