शुक्रबार, जेष्ठ ३० २०८२

शुक्रबार, जेष्ठ ३० २०८२

आज देशभरका स्थानीय तहले बजेट सार्वजनिक गर्दै

आज देशभरका स्थानीय तहले बजेट सार्वजनिक गर्दै

आज देशभरका स्थानीय तहले आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक गर्दैछन् । संवैधानिक व्यवस्था अनुसार देशका ७ सय ५३ वटै स्थानीय तहले आज बजेट ल्याउन लागेका हुन् । यसअघि, संघीय सरकारले जेठ १५ गते तथा प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गरिसकेका छन् । कोरोना भाईरसको महामारीकाबीच आउन लागेको बजेटले स्थानीय तहमा स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्ने बताईएको छ । आर्थिक गतिविधि ठप्प भएको अवस्थामा बजेट ल्याउन लागेका स्थानीय तहरुलाई यो वर्ष वित्तिय स्रोत व्यवस्थापनमा अझ बढी समस्या पर्ने देखिन्छ । देशका अधिकांश स्थानीय तहको आफ्नै श्रोत साधन नभएका कारण केन्द्रबाट आउने अनुदान नैं बजेटको मुख्य स्रोत हो । संघीय सरकारले भने स्थानीय तहको आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माण गर्दा कोरोना भाइरसको संवेदनशीलतालाई प्राथमिकतामा राख्ने, रोजगारी सिर्जना गर्ने, ठूला विकासका योजना सञ्चालन नगर्ने गरी बजेट निर्माण गर्न यसअघि नै आग्रह गरिसकेको छ । लकडाउनले गर्दा यस वर्ष स्थानीय तहको आन्तरिक स्रोत घटेको छ । संघ र प्रदेश सरकारले वित्तीय हस्तान्तरण गर्दा चालू आर्थिक वर्षको भन्दा केही कम बजेट स्थानीय तहलाई पठाएकाले पनि स्थानीय तहले खर्च गर्न सक्ने बजेट मात्रै निर्माण गर्न लागेको बुझिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend