मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

बुधबार थपिए ६ सय २९ जना संक्रमित, नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८

बुधबार थपिए ६ सय २९ जना संक्रमित, नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८

नेपालमा कोभिड–१९ संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारीअनुसार बुधबार (१० असार) ६ सय २९ जना संक्रमित थपिएका छन् ।

सो मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ संक्रमितमा १ सय १० जना महिला र ५ सय १९ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० हजार ७ सय २८ पुगेको हो ।

ज्ञातव्य छ, कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्म २४ पुगेको छ भने अहिलेसम्म क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना छन् । त्यस्तै, आठ हजार तीन सय ४६ जनाको आइसोलेसनमा उपचार भइराखेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend