
काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती (रोल्पा) नियुक्त हुनुभएको छ ।
उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले घर्तीलाई उपाध्यक्षमा नियुक्ति गर्नुभएको हो ।
प्रतिष्ठानका सहअध्यक्ष तथा संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा रहेको समितिको सिफारिसमा घर्ती आगामी कार्यकालको लागी नियुक्त हुनुभएको हो ।
सो समितिमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारी सदस्य ज्ञानेन्द्र पुनमगर थिए ।सिफारिस समितिले घर्तीसहित अन्य दुई जनाको नाम सिफारिस गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले घर्तीलाई नियुक्त गर्नुभएको हो । प्रतिष्ठानको कार्यकारी पद उपाध्यक्ष रहने व्यवस्था छ । उपाध्यक्षको कार्यकाल चार वर्षको रहने व्यवस्था छ । घर्ती तत्कालीन नेकपा एमाले संसदीय दलको सचेतक तथा पार्टीको आदिवासी जनजाति इञ्चार्ज हुनुहुन्थ्यो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend