सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

विभिन्न मुलुकबाट आज १२ सय नेपाली स्वदेश फर्किदै

विभिन्न मुलुकबाट आज १२ सय नेपाली स्वदेश फर्किदै

काठमाडौं : कोरोना नियन्त्रणका लागि सुरु गरिएको लकडाउनका कारण विदेशमा अलपत्र नेपाली नागरिकको उद्दार गर्ने क्रममा आज (शुक्रबार) एक हजार दुई सय नेपाली स्वदेश फर्किने भएका छन् । बहराइन, युएई, कुवेत र मलेसियामा समस्यामा परेका नेपाली आउन लागेका हुन् ।

क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का एक अधिकृतका अनुसार कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुईरदुई वटा उडान हुँदैछन् । बहराइनको दुवै र मलेसियाको एउटा उडान नेपाल एयरलाइन्सको जहाजमार्फत हुँदैछ ।

युएईको हिमालयन र एयर अरेविया, कुवेतको जजिरा एयरलाइन्स र मलेसियाको एउटा उडान हिमालय एयरलाइन्सबाट हुँदैछ । उनीहरुलाई नेपाल ल्याएर काठमाडौँ , भक्तपुर र ललितपुरमा राखिएका होल्डिङ सेन्टरमा लगिनेछ ।

त्यहाँ सेनाको व्यवस्थापनमा उनीहरुको सामान्य स्वाथ्य जाँच र विवरण लिने कार्य हुनेछ । त्यसपछि सम्बन्धित प्रदेशमा क्वारेन्टिनमा बस्ने गरी पठाइनेछ । विदेशबाट आउने नागरिकले पीसीआर रिपोर्ट ल्याएको खण्डमा उनीहरुले होम क्वारेन्टिनमा बस्न पाउनेछन् । इच्छुकले होटल क्वारेन्टिनमा पनि बस्न पाउनेछन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend