सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

त्रिशूलीमा डुबेर एकको मृत्यु

त्रिशूलीमा डुबेर एकको मृत्यु

नुवाकोट : त्रिशुली नदीमा डुबेर एकजनाको ज्यान गएको छ । नुवाकोट बेलकोटगढी नगरपालिका-७ छबिसकाल्लेस्थित इट्टाभट्टामा कार्यरत सवारी चालक ५० बर्षिय होमनाथ संजेलको मृत्यु भएको हो ।

खोटाङ घर भएका संजेललाई नुहाउने क्रममा नदीले बगाएको एक स्थानीयले बताए । उनले भने ‘नुहाउन गएका रहेछ्न । नदी एकदम उर्लिएर आएको हुन्छ । ३० मिटर जति बगाएको उहालाई स्थानीय र प्रहरी मिलेर उद्दार गरेका हौ ।’

उद्दार गरिए लगत्तै उपचारको लागि जिल्ला अस्पताल त्रिशुली लैजाने क्रममा संजेलको बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ । अन्य समयमा पनि त्रिशुली नदीले बगाएर सर्वसाधारणको मृत्यु भइरहने गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend