
नेपालको जनसंख्या तीन करोड भन्न थालेको धेरै वर्ष भइसकेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबार मध्याह्न नेपालको जनसंख्या ३ करोड ६३४ जना देखाइएको छ ।
जनसंख्याको घडीअनुसार हेर्ने हो भने नेपालको जनसंख्या तीन करोड नाघेको छ । विभागका महानिर्देशक नविनलाल श्रेष्ठका अनुसार यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या हो । यो घडी २०६८ को जनगणनाको आधारमा सेट गरिएको हो ।
घडीले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको आधारमा जनसंख्या देखाउँछ । २०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ५४ हजार ५०४ थियो । १२ औं राष्ट्रिय जनगणना २०७८ असारमा हुँदैछ । जनसंख्या वृद्धिदर घट्दो क्रममा रहेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend