
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले सीमासम्बन्धी समस्या समाधानका लागि नेपालले भारतलाई आग्रह गरे पनि भारत वार्तामा बस्नै नचाहेको बताउनु भएको छ ।
जारी नेकपाको स्थायी कमिटी बैठकमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले नेपालले तीनपटक भारतलाई वार्ताका लागि प्रस्ताव पठाएको जानकारी गराउनु भएको छ । नोभेम्बर पहिलो साता भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नक्सा जारी गरिसकेपछि त्यस विषयमा आपत्ति जनाउँदै भारतलाई समस्या समाधानका लागि तीनपटक वार्ताका लागि प्रस्ताव गरेको मन्त्री ज्ञवालीले बताउनु भयो ।
‘पहिलोपटक नोभेम्बरमा, दोस्रो पटक डिसेम्बरमा र तेस्रोपटक फेब्रुअरीमा जानकारी पठाउँदा पनि भारतले कुनै जवाफ नै पठाएन’ । उहाँले सीमा समस्या वार्तामार्फत् समाधान गरिनुपर्ने भए पनि भारतले वास्ता नगरेको गुनासो गर्नुभयो। कोरोना महामारीकैबीच चीनसँग वार्ता गरेको भारतले नेपालसँग भने कुनै चासो देखाएको छैन ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend