
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या ११ हजार सात सय ५५ पुघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार ५९३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार सात सय ५५ पुगेको हो।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट दुई लाख ६ हजार दुई सय ७१ र आरडीटी विधिबाट दुई लाख ९० हजार तीन सय ४९ जनाको नमूना परीक्षण गरिएको छ। अहिलेसम्म क्वारेन्टाइन ७१ हजार १२ छन् भने आइसोलेसन ९ हजारको आइसोलेसनमा उपचार भइराखेको छ। शुक्रबार मात्र ४० पुरुष र आठ महिला गरेर ४८ जना डिस्चार्ज भएका छन्। कोरोना जित्नेको संख्या भने जम्मा दुई हजार ६ सय ९८ पुगेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend