सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

अफ्रिका हुँदै भारतमा आएको सलह नेपालमा पनि प्रवेश गर्यो

अफ्रिका हुँदै भारतमा आएको सलह नेपालमा पनि प्रवेश गर्यो

काठमाडौं : अफ्रिका हुँदै भारतमा आएको सलह नेपालमा पनि प्रवेश गरेको छ। बाराको निजगढनजिकै र सर्लाहीका नवलपुरमा सलह देखिएको कृषि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्।

यद्यपि यसबारे प्राविधिकहरुले अध्ययन गरिरहेका छन्। कति संख्यामा आएको हो र यसले कति क्षति गर्छ भन्नेबारेमा अध्ययन भइरहेको अधिकारीहरुले जनाएका छन्। सलह फट्याङग्राहरूको ठूलो बथान हो, जसको प्रकोपले गहुँ, तोरी, कपास, मकै लगायत खाधान्न बालीमा क्षति पुर्‍याउँछ।

सलह बथानमा उड्ने फट्यांग्रा किरा हो। एक वर्ग किलोमिटर क्षेत्रफलमा १५० लाखसम्म किराहरू हुन सक्ने समेत प्रमाण पुष्टि भएको छ भने यी किराहरू दैनिक ९० माइल (१००-१५० किमी) सम्मको वायु यात्रा दुरी पार गर्न सक्छन्।

औसतमा एउटा बथानले २५ हजारभन्दा बढी मानिसलाई खान पुग्ने खाना एक दिनमा खान सक्दछन् र जुनको महिनामा यो बढेर १ करोड ७५ लाख सम्म पुग्ने अनुमान छ। सलह किराको सङ्ख्या सुरुमा कम हुने गर्दछ। तर लगातार वर्षाको कारण उक्त ठाउँ चिस्सिएर (अण्डाबाट निस्किन उपक्युत वातावरण) सलह किराको प्रजनन् दर बढेको पाइन्छ।

हावाको दिशा पछ्याएर १ सय ३० किमिसम्म समूह बनाएर उड्ने यी किराको बथानमामा ४ देखि ८ करोड सम्मको संख्या हुने वेज्ञानिकहरू बताउँछन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend