मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

नागरिकता संसोधन विधेयक पारित गराई संसदमा पठाउनु राष्ट्रलाई घात गरे सरह : राजनीतिक दल रुपन्देही

नागरिकता संसोधन विधेयक पारित गराई संसदमा पठाउनु राष्ट्रलाई घात गरे सरह : राजनीतिक दल रुपन्देही

भैरहवा : रुपन्देहीका विभिन्न राजनीतिक दलहरुले नागरिकता संसोधन विधेयक पारित गराई संसदमा पठाउनु राष्ट्रलाई घात गरे सरह भएको बताएका छन् ।

उनीहरुले बिना कुनै सर्वदलीय सहमति, नेपालको संविधानको मुल मर्म र मान्यताविपरीत केवल बहुमतको दम्भमा राज्य व्यवस्था समितिबाट विधेयक ल्याइएको भन्दै असहमति जनाएका छन् ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्व तथा विभिन्न राजनीतिक पार्टीका नेताहरुको उपस्थितिमा शनिबार भैरहवामा सम्पन्न बैठकले संविधानको रक्षा गर्न तथा महिलाको हकअधिकार सुनिश्चित गर्न विधेयकप्रति असहमति व्यक्त गरेको जनाएको छ ।

 

त्यस्तै बैठकले कोभिड–१९ को महामारीको समस्याले विश्व तथा राष्ट्र गुज्रिरहेको अवस्थामा सरकारद्वारा खर्च गरिएको रकम पूर्ण रुपले पारदर्शी नहुनु र नगर्नु भ्रष्टाचारको चरम नमुना भएको आरोप लगाएको छ । बैठकले लकडाउन अवधि लागु गरिएपश्चात हालसम्म संघीय, प्रदेश र स्थानीय सरकारले खर्च गरेका विवरण पारदर्शी ढंगले सार्वजनिक गर्न समेत माग गरेको छ । बैठकमा नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend