
बैतडी : बैतडीमा क्वारेन्टिनमा खाना पकाउने एक पुरुषको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेकाहरुलाई खाना पकाउने गरेका भान्सेको मृत्यु भएको हो ।
दशरथचन्द नगरपालिका ६ का करिब ५० वर्षीय पुरुषको शुक्रबार राती बिरामी भएपछि शनिबार विहान अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न लागिएको जनाइएको छ । उनले ३-४ दिन अघिबाट खाना बनाउन छोडेको बुझिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend