सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

आफैले चलाएको कार दुर्घटनामा पत्रकार पाण्डेको मृत्यु

आफैले चलाएको कार दुर्घटनामा पत्रकार पाण्डेको मृत्यु

बुटवल :  गएराती कार दुर्घटनामा परी रुपन्देहीमा एक पत्रकारको मृत्यु भएको छ । आफैंले चलाएको बा ७ च ६९५९ नम्बरको कार दुर्घटा हुँदा तिलोत्तमा–६ मा बस्दै आएका पत्रकार कृष्ण पाण्डेको मृत्यु भएको हो ।

बुटवलबाट घर जाँदै गर्दा बुटवल–भैरहवा सडक खण्डको ड्राइभरटोलमा गएराति पौने १२ बजेतिर सडकको डिभाइडर र रेलिङमा ठोक्किएर कार दुर्घटना हुँदा पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी निरीक्षक लक्ष्मण थापाले बताए ।

दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका उनलाई बुटवलको चौराहा हस्पिटल प्रालिमा उपचारका लागि ल्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । उनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।

कारमा उनी एक्लै सवार रहेको प्रहरीले जनाएको छ । कार तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend